पूर्वराजा झापा जाँदै, एक महिना बसेर मध्य र पूर्वी नेपालका समर्थकलाई भेट्ने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका आफ्ना समर्थकलाई भेट्न सिमरा र झापा जाने भएका छन्। करिब एक महिना लामो बसाइका लागि पूर्वराजा सिमरा र झापाको दमक जान लागेका हुन्।
माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डीएसपी शिव राउतसहित पूर्वराजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ। सिमरा स्थित प्रभुशमशेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ। उनले सिमराबाट पूर्वी तराईको भ्रमण गर्नेछन्।
पूर्वराजाको सुरक्षासहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ। निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मीसहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध गर्ने भएको छ। पूर्वराजाको साथमा निजी सहयोगी भान्छेसमेत सिमरा पुग्ने भएका छन्। करिब दुई साता सिमरा बसाइँपछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह