कभर स्टोरी भिडियो विदेश

भारतीय अरबपति भन्छन्, ‘अहिले  पनि म दैनिक १५ घण्टा काम गर्छु’ (भिडियोसहित)

भारतीय अरबपति भन्छन्, ‘अहिले  पनि म दैनिक १५ घण्टा काम गर्छु’ (भिडियोसहित)

काठमाडौं । पैसा कमाएपछि काम गर्नु पर्दैन भन्ने भ्रम धेरैको हुन्छ । तर पैसा धेरै कमाउदैमा कसैले काम गर्न छोड्ने भन्ने हुँदैन । भारतीय व्यवसायी भिक्रान्त गुज्नानी भन्छन्, ‘म अझै दिनको पन्ध्र घण्टा काम गर्छु ।’ उनी भारतका डलर अरबपतिमध्यमा पर्छन् ।

 

रिलायन्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनी हाल यू फर्स्ट  भेन्चरर्सका संस्थापक पनि हुन् । उक्त संस्थाले अनलाइनमार्फत उपहार खरिदमा सहयोग गर्छ । 

 

काठमाडौंस्थित भारतीय दूतावास र ‘क्लब बि बिजनेस इन्नोभेसन’ को सहकार्यमा भएको सम्मेलनमा नेपाल आएका गुज्नानीले यहाँ आएर नेपलका तेजिला युवा व्यवसायीसँग अन्तरक्रिया गर्न पाएकोमा खुसी भएको बताए । युवामा नयाँ सोच आउनु र त्यो सोचलाई मूर्त रूप दिनु दुई फरक कुरा भएको उनको तर्क छ । 

 

नेपालका युवा उद्यमीसँगको अन्तरक्रिया कार्यक्रममा आएका उनले नेपालको इकोसिस्टम, जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा धेरै सम्भावनाका आधार देखेको बताए । 

 

भारतको लागि त्यहाँको जनसंख्या नै ठूलो सम्भावनाको प्रतिक भएको उनले जनाए । जसकारण हरेक क्षेत्रमा प्रतिस्पर्धा धेरै हुँदा दश गुना बढी मिहेनत गर्नुपर्ने उनको बुझाइ छ । 

 

भारतका सफल युवा व्यवसायीमध्येमा पर्ने गुज्नानी आफूले समय कहिल्यै खेर नफाल्ने गरेको बताउँछन् । सुखी र स्वस्थ जीवनको लागि उनको एउटै मन्त्र छ, ‘लिभ स्मार्ट, लिभ स्ट्रङ’ । २१ वर्षको उमेर देखि काम गर्न सुरु गरेका उनले लगातार तीन वर्षसम्म कामबाट ‘डे अफ’ नलिएको सुनाए । सफल हुनको लागि मानिसको रगतमा मिहेनत गर्नुपर्छ भनेर बस्नुपर्ने उनको धारणा छ । ‘यति भइसकेपछि मिहेनत गर्नु जीवनको अभिन्न पाटो बन्छ । सफलता त्यहीँबाट आउँछ’, उनले भने । 
 

भिक्रान्त गुज्नानी डलर अरबपति यू फर्स्ट  भेन्चरर्स

विशेष