परिमार्जित मर्यादाक्रम चित्त बुझेन अख्तियारलाई, भन्यो : कार्यसम्पादनमै असर पर्छ, सच्याऊ

परिमार्जित मर्यादाक्रम चित्त बुझेन अख्तियारलाई, भन्यो : कार्यसम्पादनमै असर पर्छ, सच्याऊ

काठमाडौं । सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असन्तुष्टि व्यक्त गरेको छ । संवैधानिक पदाधिकारीहरूलाई तल राखिएको भन्दै आयोगले सच्याउन माग गरेको छ । सोमबार बसेको आयोगको बैठकले यसबाट कार्यसम्पादन प्रक्रियामै असर पर्ने जनाएको छ । 

 

‘संवैधानिक पदाधिकारीले अध्यक्षता गर्न‘पर्ने विभिन्न बैठकमा सदस्य रहने पदाधिकारीहरूको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरूभन्दा माथि रहेको, तर संवैधानिक पदाधिकारीहरूको मर्यादाक्रम साबिकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्यसम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम मूल्य–मान्यतासमेत प्रभावित हुने अवस्था सिर्जना हुन जाने देखिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अख्तियारले नयाँ मर्यादाक्रमले पदाधिकारीको मनोबलमा समेत असर पर्न जाने भन्दै संवैधानिक निकायका आयुक्त एवं सदस्यहरूको मर्यादाक्रम साबिकको जस्तै संवैधानिक प्रमुखहरूको लगत्तैपछि राख्ने गरी पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेको छ ।

 

यसअघि लोकसेवा आयोग, निर्वाचन आयोग, मानवअधिकार आयोगलगायत संवैधानिक आयोगले मर्यादाक्रम सच्याउन माग गरेका छन् । नयाँ मर्यादाक्रममा जननिर्वाचित प्रतिनिधिहरूलाई माथि राखेर संवैधानिक आयोगका पदाधिकारी तथा कर्मचारीलाई तल राखिएपछि असन्तुष्टि बढेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मर्यादाक्रम

संम्बधित खबर

विशेष