News देश

अल्टिमेटम सकिएलगत्तै अनसन बस्न इलाम पुगे डा. केसी

अल्टिमेटम सकिएलगत्तै अनसन बस्न इलाम पुगे डा. केसी

इलाम । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी १६औंं अनशन बस्ने तयारी गर्दै इलाम आएका छन् । तर, उनी कहाँ र कहिलेदेखि अनशन बस्ने भन्ने केही टुंगो लागेको छैन । 

 

सरकारसँग भएको सहमति यही पुस १७ (मंगलबार) सम्ममा पूरा गर्ने अल्टिमेटम थियो । जुम्लामा १५औं अनशन २७ दिन बसेका डा. केसीलाई काठमाडौं पुर्‍याइएपछि गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर, लामो समय माग पूरा नभएपछि १६औं अनशनको चेतावनी दिएका डा. केसीलाई संसदीय समितिले केही दिन पर्खन भनेपछि उनले यही पुस १७ को अल्टिमेटम दिएका थिए ।

 

मंगलबार रातिसम्म पनि माग पूरा नभए उनी इलाममै अनशन बस्ने तयारीमा रहेको डा. केसीनिकट स्रोतले बतायो। ‘अस्पतालमा अनशन बस्दा चाहिँ बिरामीलाई असर पर्ला भनेर अन्तै बस्ने हो कि भन्नेसम्मको कुरा डा.केसीसँग भएको छ,’ स्रोतले भन्यो, ‘तर, हामीलाई अनशन नै बस्ने कि नबस्ने र कहिलेदेखि बस्ने भन्ने केही स्पष्ट भन्नुभएको छैन।’ यो खबर नागरिकबाट लिइएको हो ।

डा. गोविन्द केसी

विशेष