News

अनशनरत डा. केसीलाई फेरि स्थानान्त्रण

अनशनरत डा. केसीलाई फेरि स्थानान्त्रण

काठमाडौं । अनशनरत डा. गोविन्द केसीलाई जनरल वार्डबाट गणेशमान सिंह भवनमा सारिएको छ । मंगलबार बिहान करीब ११ बजे उनलाई जनरल वार्डबाट उक्त भनवमा स्थानान्त्रण गरिएको हो ।

यसअघि आइसियुबाट उनलाई त्यहाँ सारिएको थियो । आइसियुको बेडमा बस्दा सर्वसाधारणले उपचार सुविधा नपाउने भन्दै त्यहाँ बस्न नमाने पछि उनलाई जनरल वार्डमा लगिएको थियो ।

इलामबाट आफ्नो १६ औँ अनशन सुरु गरेका डा. केसीलाई अनशनको दशौँ दिन काठमाडौं लाइएको थियो । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सेनाको नाइटभिजनबाट गत शुक्रबार बिहान ४ बजे उनलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियु कक्षमा भर्ना गरिएको थियो ।

प्राडा गोविन्द केसी

विशेष