खानेपानीमन्त्री बीना मगर अस्पताल भर्ना
काठमाडौं । भाइरल ज्वरोका कारण खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छन्। रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगर सोमबार राति ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन् ।
मन्त्री मगरको अहिले उपचार जारी रहेको मन्त्री मगरको सचिवालयले जानकारी दिएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ ।
मन्त्री मगरकी सासु सीता दाहालको पनि अहिले सोही अस्पतालमा उपचार जारी छ। उनको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् । उनको आइसियुमा राखेर उपचार हुँदैछ। डाक्टरहरूका अनुसार उनलाई बंशानुगत पार्किन्सन रोग रहेको छ ।
खानेपानी मन्त्री बिना मगर