News देश

बाँदर आतंक बढेपछि चन्दा उठाएर 'बाँदर धपाऊ अभियान'

बाँदर आतंक बढेपछि चन्दा उठाएर 'बाँदर धपाऊ अभियान'

काठमाडौं । बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका छन् । 

 

बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण कपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वरीस् तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ मा पर्ने खार्मी लगायत गाउँका बासिन्दाले आपसमा चन्दा उठाएर अभियान थालेका हुन् ।

 

बाँदरले हैरान पारेपछि प्रतिघरधुरी दुई सय रुपैयाँ उठाएर बाँदर धपाउने टोली परिचालन गरेको केपिलासगढी गाउँपालिका, ३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताए । यो समाचार आजको नागरिकबाट लिएको हो । 

चन्दा सङ्कलन बाँदर आतंक

विशेष