जनप्रतिनिधिबीच प्रेस सल्लाहकार राख्न प्रतिस्पर्धा

काठमाडौं । सुदूरपश्चिमको प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले गैरकानुनी रुपमा प्रेस सल्लाहकार तथा सहयोगी राखेको आरोप लागेको छ । आफूखुसी कानुनमा नभएको काम जनप्रतिनिधिले गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले छानबिन गर्ने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुदूरपश्चिम क्षेत्रीय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले स्थानीय तहमा जनप्रतिनिधिले कानुनविपरित लिएको स्वकीय सचिव र सहयोगीका विषयमा अनुसन्धान सुरु गरिको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्रबाट लिइएको हो ।
जनप्रतिनिधि प्रेस सल्लाहकार