News

जनयुद्धका पूर्वलडाकुको उपचार खर्च सरकारले व्यहोर्ने

जनयुद्धका पूर्वलडाकुको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सरकारले जनयुद्धमा घाइते, अपांगता भएका जनमुक्ति सेनाका लडाकुहरूको उपचारमा वीर अस्पतालमा भएको खर्च सरकारको व्यहोर्ने निर्णय गरेको छ । गत ३ माघको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालमा औषधि उपचार गराइरहेका नरवीर दमाई दैलेख, मन दर्जी कालीकोट, वीरबहादुर परियार जुम्लालगायत ४४ जनाको औषधि खर्च राज्यले व्यहोर्ने निर्णय गरेको हो ।

 

उनीहरूको आतेजाते खर्च, होटल वास खर्च र कुरुवा खर्चसमेत राज्यले व्यहोर्ने भएको छ । त्यसका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । सरकारले अफ्रिकन स्वाइन फिभर रोग सार्न सक्ने वस्तुको आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

जनयुद्ध पूर्वलडाकु

विशेष