News

राउटेको जनसंख्या घट्यो

राउटेको जनसंख्या घट्यो

दैलेख । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो। त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो। पुसको अन्त्यतिर उनीहरूलाई भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो।

 

२०४० सालमा पहिलोपटक गरिएको गणनामा राउटेको जनसंख्या ३ सयको हाराहारीमा थियो। २०६५ सालमा गरिएको अर्को गणनाअनुसार राउटेको जनसंख्या एक सय ६६ मा झरको देखियो। सो गणना पत्रकार हरिहरसिंह राठौर र भक्तबहादुर शाहीको अगुवाइमा हप्ता दिन लगाएर गरिएको थियो।

 

‘हामीले दोस्रोपटक राउटेको जनसंख्या गणना गरेको थियौं,’ पत्रकार राठौरले भने, ‘पहिलोपटक समाजशास्त्री डोरबहादुर विष्टले २०४० सालको गणनामा तीन सय जनाजति राउटे थिए।’ १५ वर्षपछि आधाभन्दा बढी राउटेको घटेको पाइएको छ। उनीहरूको परिवर्तित दैनिकीले जनसंख्या घटेको पत्रकार राठौरको भनाइ छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

राउटे दैलेख

विशेष