विदेश

कंगोका नवनिर्वाचित राष्ट्रपति सपथ ग्रहणमै ढले 

कंगोका नवनिर्वाचित राष्ट्रपति सपथ ग्रहणमै ढले 

एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै बिरामी भएका छन्। बिहीबार आयोजित समारोहमा मन्तव्य दिइरहेकै बेला उनी बिरामी भएर ढलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सहयोगीले उनलाई पानी दिएका थिए र  कुर्सीसम्म ल्याएका थिए।  राष्ट्रपति सिसेकेडीले आफू निकै थाकेको बताएका थिए।  

 

शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उनले देशको नेतृत्व गर्न लागेकाले कंगोमा यो पहिलो सपथ ग्रहण समारोहलाई ऐतिहासिक घटनाको रूपमा चासोका साथ लिइएको थियो। राज्यद्धारा सञ्चालित टेलिभिजनले प्रत्यक्ष प्रसारणसमेत गरिरहेको सो ऐतिहासिक कार्यक्रममा मन्तव्य दिइरहेका बेला उनले मलाई ‘असहज महुशस भयो’ भनेका थिए। त्यसपछि उनको मन्तव्य रोकिएको थियो ।

 

नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका भए। उनी कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस) का प्रमुख हुन्। यो दल उनका बुबा इटीनले स्थापना गरेका हुन्। इटीन कङ्गोका महत्वपूर्ण राजनीतिक व्यक्तित्व थिए। चुनावी प्रचार अभियानका क्रममा शिसेकेडीले कङ्गोमा कानुनी शासन पुनस्र्थापित गर्ने, भ्रष्टाचार विरुद्ध लड्ने तथा पूर्वी क्षेत्रमा शान्ति ल्याउने प्रतिज्ञा गरेका थिए।

 

गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षपछि निर्वाचन भएर पहिलो पटक सत्ता हस्तान्तरण भएको हो भने निर्वाचनबाट विपक्षी नेता सिसेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कङ्गोमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन। राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाइले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए।

 

खनिज पदार्थबाट विश्वकै धनी राष्ट्र कङ्गोमा सन् २००६ र २०११ मा भएका चुनावमा रक्तपातपूर्ण हिंसात्मक घटना भएका थि । सन् १९९६ र २००३ को बीचमा भएका दुईवटा युद्धका कारण यहाँ विदेशी सैनिक ल्याउनुपरेको थियो जसका कारण लाखौंको ज्यान गएको थियो।  

कंगो राष्ट्रपति फेलिक्स सिसेकेडी

विशेष