Technology विदेश

'न्यु हराइजन्स' सौर्यमण्डल बाहिर पुगेर तस्बिर खिच्न सफल

'न्यु हराइजन्स' सौर्यमण्डल बाहिर पुगेर तस्बिर खिच्न सफल

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्जी नासाको अभियान ‘न्यु हराइजन्स’ले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्बिर खिच्न सफल भएको छ । सौर्यमण्डलको बाहिरी भागमा रहेका पिण्डको अध्ययन गर्न पठाइएको अन्तरिक्ष यान न्यु हराइजन्सले अल्टिमा टुली नामक पिण्ड नजिक पुगेको हो ।

 

सौर्यमण्डल बाहिरी भागमा रहेका पिण्डहरूको न्यु हराइजन्सले तस्बिरसहित कयौं जानकारी संकलन गरेको बीबीसीले उल्लेख गरेको छ । हराइजन्स सौर्यमण्डल बाहिर सबैभन्दा धेरै दूरी पार गर्ने पहिलो अन्तरिक्ष यानले पनि हो । यसले अबको केही महिनासम्म अन्तरिक्षमा नै रहेर अध्ययन गर्नेछ ।

 

यानले पठाएको सन्देश नाशाको स्पेनमा रहेको एन्टेनाले प्राप्त गरेको थियो । ती सन्देश पृथ्वीसम्म आइपुग्न छ घण्टा आठ मिनेट लागेको नाशाको भनाइ छ। सौर्यमण्डलको अन्तिम ग्रह यमबाट एक दशमलब पाँच अर्ब किलोमिटर टाढा रहेको सो यानले सन् २०१५ मा नै यम ग्रह पार गरेको थियो । पृथ्वीदेखि सम्पर्क हुने क्रममा यो अन्तरिक्ष यान छ अर्ब ५० किलोमिटरको दूरीमा रहेको थियो।

 

यो अन्तरिक्ष यान पृथ्वीबाट सबभन्दा टाढा यात्रा गरेर सफलता पूर्वक सन्देश पठाएको छ । अन्तरिक्ष यानले पठाएको सिग्नल प्राप्त हुनासाथ मैरील्यान्डस्थित जोन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स विश्वविद्यालयको प्रयोगशालामा वैज्ञानिकहरू खुसीले ताली बजाएर रमाएका थिए ।

न्यु हराइजन्स

विशेष