सार्वजनिक बसमै महिलामाथि बीर्यपात गर्ने युवकको खोजी तीव्र पार्दै प्रहरी
काठमाडौं । केही महिना अघि राजधानीको एक सार्वजनिक यात्रु बसमा हस्तमैथुनसहित अश्लील हर्कत गर्ने युवकको खोजी तीब्र पारिएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बसमा हस्तमैथुन गरेर एक महिला यात्रुको कपालमा बीर्य पतन गरिदिने युवकको खोजी तीब्र पारिएको जनाएका छन् ।
करिब ३ महिनादेखि सामाजिक सञ्जालको म्यासेन्जर हुँदै भाइरल भइरहेको उक्त भिडियोलाई लिएर सर्वसाधरणले आक्रोश पोख्न थालेपछि प्रहरीले अनुसन्धान तीब्र बनाएको हो । प्रवक्ता सुवेदीले महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती पुरुषको खोजी थालिसकेको जनाउँदै त्यस घटनासम्बन्धी केही जानकारी भएमा प्रहरीलाई सहयोग गरिदिन पनि आमनागरिकलाई अपिल गरेको छ ।
सामाजिक सञ्जालको च्याट र ग्रुपमा भाइरल भइरहेका यी भिडियो तीनवटा रहेका छन् । एउटा भिडियो करिब २ मिनेट २० सेकेन्डको छ । यी भिडियो केही पोर्न साइटहरुमा पनि यसअघि नै पुगिसकेका छन्। प्रष्टरुपमा नेपाली भाषा बोलिएको सुनिने भिडियो बल्खु आसपासको क्षेत्रमा खिचिएको अनुमान गरिएको छ ।
यी भिडियोमा गाडी रोकिएको बेलामा अनुहार नदेखिएका ती युवकले हस्तमैथुन गरी अगाडिको सिटमा बसेकी महिलाको कपालमा वीर्यपतन गरिदिएको प्रष्टै देख्न सकिन्छ ।सामाजिक सञ्जालमा भाइरल भइरहेका यी भिडियोमा ती युवाले अघिल्लो सिटमा बसेकी कपालमा वीर्यपतन गरेको देखिएपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको जनाएको छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
बीर्यपात