News

सांसदकै घरमा तोडफोड गरेर गरगहना चोरी

सांसदकै घरमा तोडफोड गरेर गरगहना चोरी

दैलेख । कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीको घरमा तोडफोड भएको छ । दैलेखको  भगवतिमाई गाउँपालिका–३ मेहेल्तोलीमा रहेको रेग्मीको घरमा तोडफोड भएको हो । घर तोडफोड गरि पुरानो धनसम्पति चोरी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 

दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीका अनुसार घरमा लगाएको ताला तोडेर चोरी भएको हाे । सांसद रेग्मी काठमाडौँमा बस्छन् । छिमेकी ज्वाला रेग्मीका अनुसार चोरी भएको सांसद रेग्मीको परिवार नबस्ने भएपछि घर खाली थियो । ‘घरमा पुरानो सम्पति राखिएको थियो’ सांसद रेग्मीले भने, ‘बुबाका तीन भाईको साझा घर हो । सम्पतिसमेत भागबण्डा भएको थिएन् ।’

 

तोडफोड गरि घरमा रहेको तामा, चाँदीका पुराना सिक्कासहित अन्य सामग्री पनि चोरी भएको उनले बताए ।  प्रहरी निरीक्षक क्षेत्रका अनुसार प्रहरीले तोडफोडबारे अनुसन्धान थालेको छ । 

 

तोडफोड धर्मराज रेग्मी

विशेष