News

आइतबारबाट मात्रै मौसममा सुधार

आइतबारबाट मात्रै मौसममा सुधार

काठमाडौं । आइतबारदेखि मात्रै मौसममा सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारबाट मौसममा सुधार आउने भएको हो।

 

विगत केहीदेखि सुदूरपश्चिमसहित राजधानी काठमाडौंका विभिन्न ठाउँमा केही दिनयता पानी पर्नुका साथै हिमपात भइरहेको छ। हिउँदे वर्षा गराउने गराउने पश्चिमी वायुका कारण नेपालका पश्चिमी क्षेत्रका साथै काठमाडौं उपत्यकामा पानी परेको मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार शनिबार दिउँसो पनि मध्य र पूर्वी भेगको मौसम पूर्ण तथा आंशिक बदली भई पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ।  

 

आइतबार देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।महाशाखाकाअनुसार देशका पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ रहेको छ भने राति देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ।

 

सोमबार देशका पहाडी भेगहरूमा आंशिक बदली र बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाको अनुमान छ। महाशाखाका अनुसार देशका पश्चिमी पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षा हुनेछ भने राति देशभर मौसम सामान्यतया सफा रहनेछ।

 

केही दिनेदेखि चलिरहेको हिमपात तथा वर्षले कतिपय स्थानको सञ्चार तथा यातायात सेवा ठप्प भएको छ भने हवाई सेवा प्रभावित भएको छ। चिसो बढेका कारण उच्च हिमाली तथा पहाडी भेगको जनजीवन भने कष्टकर भएको छ। हिउँदे बालीका लागि पानी र हिमपातले राम्रो गरेको भन्दै  किसान खुशी भएका छन्।

 

शनिबार काठमाडौं उपत्यकामा पनि अरु दिनको तुलनामा बढी चिसो महसुश भए पनि न्यूनतम तापक्रम भने बढेको छ। शुक्रबार ५ डिग्री सेल्सियस मापन भएको काठमाडौंको न्युनतम तापक्रम शनिबार ७‍.८ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

मौसम

विशेष