माइत आएकी महिलाको चट्याङ लागेर मृत्यु

तनहुँ । चट्याङ परेर तनहुँमा शुक्रबार राति एक महिलाको ज्यान गएको छ । ऋषिङ गाउँपालिका १, काँहुशिवपुर सेट्टाङ घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा माइत गएकी २० वर्षीय मिनामाया थापाको चट्टयाङ लागेर ज्यान गएको हो ।
मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा चट्टयाङ पर्दा घाइते भएकी मिनामायालाई उपचारका क्रममा दमौली अस्पताल ल्याइएको थियो । उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
तनहुँ चट्याङ