विदेश

अडानबाट पछि हटे ट्रम्प, अमेरिकामा ३५ दिनपछि खुल्दै सरकारी कार्यालय

अडानबाट पछि हटे ट्रम्प, अमेरिकामा ३५ दिनपछि खुल्दै सरकारी कार्यालय

अमेरिकी इतिहासमै सबैभन्दा लामो मानिएको खर्चबन्दी राष्ट्रपति डोनाल ट्रम्प आफ्ना अडानबाट पछि हटेपछि हाललाई अन्त्य भएको छ। ३५ दिन लामो खर्चबन्दीलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति ट्रम राजी भएका हुन्।

 

तर उनले मेक्सीकोको सीमामा पर्खाल लगाउने पेसा भने नपाउने भएका छन् । उनले मेक्सीकोको सीमामा पर्खाल लगाउनका लागि पौने ६ अर्ब अमेरिकी डलर बजेट नदिए खर्चबन्दी कायम राख्ने बताएका थिए । उनले पर्खालका लागि बजेट व्यवस्थापन नगरे राष्ट्रिय संकटको घोषणा गर्नेसम्मको चेतावनी दिएका थिए ।

 

तर दुवै पार्टीका नेताहरूबीचको छलफलपछि सिनेटले सरकारी निकायहरूलाई तीन सातासम्म कोष उपलब्ध गराउने कानुन पारित भएको छ । यद्यपि सीमा सुरक्षाबारे भने छलफल जारी रहने बताइएको छ ।

 

३५ दिनदेखि आठ लाख संघीय कर्मचारीहरूले बिनातलब काम गरिरहेका छन् । पछिल्लो सहमति अनुसार तीन सातासम्म संघीय निकायहरूलाई कोष उपलब्ध गराएने छ । उक्त कानुन राष्ट्रपति ट्रम्पलाई हस्ताक्षरको लागि पठाइने छ । उनको हस्ताक्षर पछि कोष निकासा हुने छ।

 

अवैध आप्रवासीलाई रोक्ने आफ्नो नीतिअनुसार राष्ट्रपतिले मेक्सीकोको सीमामा पर्खाल लगान बजेट माग गर्दै आएका थिए। यद्यपि उनले उक्त महत्वकांक्षी आयोजनाका लागि बजेट भने पाउने भएका छैनन् । यसअघि आफ्नो महत्वकांक्षी आयोजना मेक्सीको सीमा पर्खालका लागि ५.७ अर्ब डलर बजेटको व्यवस्था नगरे संसदबाट पारित हुने कुनै पनि बजेटसम्बनी कानुन स्वीकार नगर्ने धम्की दिएका थिए।

 

तर तल्लो सदनको निर्णायक हैसियतमा रहेको विपक्षी पार्टी डेमेक्याट्सले उनको उक्त मागलाई अस्वीकार गर्दै आएको छ। सहमतिका लागि केही छलफलको भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन्। यद्यपि शुक्रबार सिनेट र प्रतिनिधिसभाले खर्चबन्दीलाई अस्थायी अन्त्य गर्ने विधेयक एकमतले पारित गरेको छ।

डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिका

विशेष