चट्याङ लागेर चेपाङको मृत्यु

मुग्लिन । चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २ छापडाँडाका २५ वर्षीय राजु चेपाङको गएराति घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मैनालीले जानकारी दिए ।
चट्याङ लागेर एक भैँसी र गाईसमेत मरेको उनले बताए । अहिले मुग्लिन इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ गइसकेको प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिए ।