विदेश

अमेरिकामा अभिभावक र प्रेमिकासहित पाँच जनाको गोली हानी हत्या

अमेरिकामा अभिभावक र प्रेमिकासहित पाँच जनाको गोली हानी हत्या

अमेरिकाको लुसियाना राज्यमा एक व्यक्तिले आफ्ना अभिभावक र प्रेमिकासहित पाँच जनाको गोली हानी हत्या गरी फरार भएका छन्।

 

२१ वर्षीय डकोटा थेरियटले आफ्ना अभिभावक र अन्य तीन जनाको गोली हान हत्या गरेर फरार भएका हुन् । उनीले आफ्नै प्रेमिका र उनका अभिभावकको पनि हत्या गरेर फरार भएका हुन् । उनले गोली हानेपछि सिल्भर रंगको एउटा पिक-अप चोरर भागेको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

 

प्रहरी अधिकारीले उक्त घटनाको खबर पाउना साथ घटनास्थलमा पुगेका थिए। त्यहाँ थेरियटका अभिभावक अभिभावक एलिजावेथ र कइथी थेरियट गम्भीर घाइते अवस्था भेटिएका थिए । प्रहरीले उनीहरूलाई तुरुन्तै अस्पतालमा भर्ना गरेको थियो तर उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरी अधिकारूले जनाएका छन्।

 

उनीहरूका अनुसार थेरियटले आफूहरूलाई घर छोड्न भनेका थिए र उक्त घरमा कहिल्यै फर्केर नआउन पनि बताएका थिए । अभिभावकले उक्त कुरा नमानेपछि रिसाएर गोली चलाएको उनीहरूले प्रहरी अधिकारीहरूलाई बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्

 

स्थानीयका अनुसार थेरियट हिंस्रक र खतरनाक व्यक्ति थिए । 'सम्भवतः दुखदायी घरेलु हिंसाको घटना देख्नु पर्‍यो, यसले मलाई विछिप्त बनाएको छ', सेरिफ वबरले भने । बन्दुकधारीले अन्य तीन व्यक्तिको हत्या गरेका थिए, जो उनीहरूको नातेदार थिएन तर बन्दुकधारीलाई राम्रोसँग चिन्थे ।

 

बन्दुकधारीले ४३ वर्षीया बेल्ली इएर्नेस्ट, २० वर्षीया समर इएर्नेस्ट र १७ वर्षीय टान्नर इएर्नेस्टको गोली हानी हत्या गरेका हुन् । समर र टान्नर बेल्लीका छोराछोरी हुन्। समर र थेरियटबीच प्रेम सम्बन्ध रहेको अनुसन्धानका क्रममा खुलेर बिबिसीले जनाएको छ।  

 

'थेरियट र समरको परिवारबीच अघिल्लो हप्ताको छुट्टीमा भेट भएको थियो । उनीहरूको भेट एउटा बर्थेपार्टीमा भएक थियो र समरका परिवारको र थेरियटको कुरा त्यति जमेको थिएन' क्रास्टल डेयोङ बिल्लीकी बहिनीले भनिन् ।

 

उनले अवेगमा आएर आफ्नै अभिभावक र प्रेमिकाका अभिभावक र भाइमाथि गोली चालएको बताइएको छ। थेरियटलाई हत्या र अवैध रूपमा बन्दुक प्रयोगको मुद्दामा प्रहरीले खोजी कार्य तीव्र पारेको छ।

गोली हानी हत्या संयुक्त राज्य अमेरिका

विशेष