विदेश

चीनले ताइवान लिने घोषणा गर्‍यो, नेपालजस्ता साना देशले के सोच्ने ?

चीनले ताइवान लिने घोषणा गर्‍यो, नेपालजस्ता साना देशले के सोच्ने ?

बेइजिङ : चीनका राष्ट्रपति सी जिनपिङले  ताइवान र चीनबीच पुन एकीकरण  ताइवानी जनताले स्वीकार गर्नुपर्ने बताएका छन् ।

 

ताइवान र चीन छुटेको ४० वर्षको अवसरमा बोल्दै उनले शान्तिपूर्ण एकीकरण पछि ताइवान चीनमा गाभिने र 'एक सरकार दुई प्रणाली'बाट चल्ने बताए। 

 

यद्यपि, सीले एकीकरणमा कुनै अवरोध आए बल प्रयोग गर्ने अधिकार आफूहरुसँग सुरक्षित रहेको बताए। ताइवानलाई बेइजिङले आफ्नो एक प्रान्तका रुपमा लिँदै आएको छ।

 

सीले चीन र ताइवान एकै चिनियाँ परिवारको भएको र ताइवानको स्वतन्त्रता इतिहासमा गरिएको एक प्रतिकूल निर्णय रहेको तर्क गरे।

 

ताइवानलाई चीनबाट अलग्याउने कुनै प्रकारको गतिविधि आफूहरुलाई स्वीकार्य नहुने भन्दै सीले भने,  'स्वतन्त्रताले उनीहरुको जीवन कठोर हुनसक्ने ताइवानी जनताले बुझ्नुपर्छ।'

 

उनले ताइवानसँगको चीनको सम्बन्ध आन्तरिक विषय भएको भन्दै वैदेशिक हस्तक्षेप मान्य नहुने बताए। ताइवान र चीनबीच शान्तिपूर्ण रुपमा हुने एकीकरणविरुद्ध काम गर्ने बाहिरी र ताइवानकै अलगाववादी समूहहरुलाई कुनै पनि समय पराजित गर्ने अधिकार चीनसँग रहेको सीले बताए। 

 

 

सीको सम्बोधन हुनुभन्दा एकदिन अघि ताइवानकी राष्ट्रपति टसाइ इन्ग वेनले बेइजिङले ताइवानको अस्तित्व स्वीकार गर्नुपर्ने र दुई देशबीच रहेका असमझदारीहरु शान्तिपूर्ण रुपमा समाधान गर्नुपर्ने बताएकी थिइन्। 

विशेष