पहिरोले पुरिएर दुई जना बेपत्ता
काठमाडाैं । धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना वेपत्ता भएका छन् । पहिरोमा पुरिएका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ सोही गाउँका वासिन्दा हुन् ।
दूवै जना गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।
ओडारमा बसेको बेला पहिरो गएकाले गाउँवासीले उद्धार गर्न सकेका छैनन् । दुई दिनदेखि परेकाे हिउँ पग्लिएपछि पहिरो गएर पुरिएकाले उद्धारका लागि सरकारसँग माग गरिएको स्थानिय शिक्षक ठाकुरदत्त कोइरालाले टेलिफोनमार्फत जानकारी दिए ।
गाउँमा कुहिरो लागेकाले केही समय ढिला भएपनि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताउए ।