News स्वास्थ्य प्रदेश ७

सुदूरपश्चिममा कुष्ठरोगीकाे स‌‌‍‌‌‍‍‍‌ंख्यामा वृद्धि

सुदूरपश्चिममा कुष्ठरोगीकाे स‌‌‍‌‌‍‍‍‌ंख्यामा वृद्धि

 

काठमाडाै‌ं । सुदूरपश्चिममा कुष्ठरोग उन्मूलन भइसकेपछि फेरि कुष्ठरोगीको संख्यामा वृद्धि भएको छ। लगातार दुई वर्षसम्म कुष्ठरोग उन्मूलन भए पनि गत आर्थिक वर्षमा यो रोगका बिरामीहरुको संख्या बढेको हो।

 

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आर्थिक वर्ष ०७२/०७३ प्रदेशका ९ जिल्लामा  २०८ जना कुष्ठरोगका बिरामी फेला परेका थिए। आर्थिक वर्ष ०७३/०७४ मा त्यो संख्या घटेर २०१ मा पुगेकाे थियाे भने गत आर्थिक वर्षमा उत्त संख्या बढेर २९८ पुगेकाे स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए।

 

डा. अवस्थीका अनुसार, सुदूरपश्चिम प्रदेशमा यो रोग उन्मूलन पछि फेरि देखिएको हाे । यसले चिकित्सकलाई थप चुनौती बढाएको छ।  सुदूरपश्चिममा सबैभन्दा धेरै कुष्ठरोगका बिरामी कैलाली, कञ्चनपुर र  अछाममा  भेटिएका छन्।

 

गत आर्थिक वर्षमा कैलालीमा १७४ जना, कञ्चनपुरमा ४३ र अछाममा २८ जनामा कुष्टरोग भेटिएको डा. अवस्थीले बताए। समाजमा कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएका कारण अझै रोग लुकाएर बस्नेहरुको संख्या अधिक रहेको हुनसक्ने डा. अवस्थीले बताउँछन् ।  
 

कुष्ठरोगीकाे स‌‌‍‌‌‍‍‍ंख्यामा वृद्धि

विशेष