News

सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा चार वर्षपछि हिमपात

सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा चार वर्षपछि हिमपात

 

काठमाडाैं । दैलेख–सुर्खेतको सीमावर्ती  क्षेत्रमा चार वर्षपछि  हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सूदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार इन्च बाक्लो हिउँ परेको जनाएको छ ।

 

कर्णालीका हिमाली भेगमा यसअघि नै हिमपात भए पनि दैलेखको गुराँसे र सुर्खेतको रातानाङ्ला क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न शुरु गरेको थियो । क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले पछिल्ला चार वर्षयता यसपालि बाक्लो हिउँ परेको बताउए ।

 

जल तथा मौसम विज्ञान विभागले सोही क्षेत्रमा पश्चिम नेपालको मौसम विवरण सङ्कलन गर्ने अत्याधुनिक प्रविधिको राडार सञ्चालनमा ल्याएको छ । हावापानी कार्यालयले राडारकै सहायताले हिमपात र वर्षाको विवरण सङ्कलन गर्न थालेको छ ।

 

 
गुराँसे मात्रै नभई तल्लो तटीय क्षेत्र रानीमत्ता, निगालपानी, धरमपोखरा, सेरी गाइबान्ना आसपासमा पनि बाक्लो हिमपात भएको छ । वीरेन्द्रनगरदेखि रानीमत्ता, रातानाङ्ला र गुराँसेमा हिउँ हेर्न जानेको लर्को लाग्ने गरेको छ । हिउँ हेर्नेको भीडले सुर्खेत–दैलेख सडकखण्डको रातानाङ्लामा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्नै मुस्किल हुने गरेको छ । 
 

विशेष