सेयर बजारमा २.७९ अंकले वृद्धि, निर्जीवन बीमाको अपार सफलता
काठमाडौं । सोमबार सेयर बजार २.७९ अंकले बढेर १,१६४.८९ अंकमा कायम भएको छ । होटल, हाइड्रोपवार, उत्पादनमुलक र अन्य बाहेक सबै उपसुचकहरु बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ७२.४ अंकले बढेको छ ।
दिनभरिमा १६५ वटा कम्पनीको ८ लाख ७१ हजार ८ सय २८ कित्ता सेयर ४ हजार ५ सय ८२ पटक खरिदविक्री हुँदा २२ करोड ४३ लाख १६ हजार ५ सय २७को कारोबार भएको छ ।
यो कारोबार दिन सिभिल बैंक प्रोमोटर सेयर, अपर तामाकोशी हाइड्रोपावर र नेपाल बैंकको एक कारेडमाथिको कारोबार भएको छ ।
जनता बैंक र एनएमबि बैंकको ८० लाखमाथिको कारोबार भएको छ भने, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम कमर्सियल बैंकको ७० लाभन्दा माथिको कारोबार भएको छ ।
यसबाहेक, मेरो माइक्रोफाइनान्स, प्रभु बैंक, क्रमशः ६० लाखमाथिको कारोबार भएको छ । त्यसैगरी नागरिक लगानी कोषको ५३ कारोड ७१ लाख एक सय ९४ को कारोबार भएको छ ।
सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले ९ प्रतिशतका दरले कमाएका छन् । माहुली सामुदायिक लघुवित्तका सेयरधनीले ७ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । महिला सहयात्रा लघुवित्त, सामुदायिक लघुवित्त, सिरलायन्स फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, सहयोगी विकास बैंक, नायँ नेपाल लघुवित्त, आरम्भ माइक्रोफाइनान्स, सिभिल लघुवित्त लगायतका सेयरधनीले कमाएका छन् ।
हाथवे फाइनान्सका सेयरधनीले ४ प्रतिशतका दरले गुमाएका छन् । मल्टीपरपोज फाइनान्स, कालिका लघुवित्त, आखुखोला जलविद्युत, बोटलर्स नेपाल, हिमालयन डिस्टीलरी, लक्ष्मी बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, एनएमबि हाइब्रिट, कनकाई विकास बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।
सेयर बजारमा