News मुख्य समाचार ताजा खबर देश

पूर्वयुवराज पारस शाह अस्वस्थ, नर्भिक अस्पतालको सीसीयू कक्षमा उपचार हुँदै 

पूर्वयुवराज पारस शाह अस्वस्थ, नर्भिक अस्पतालको सीसीयू कक्षमा उपचार हुँदै 

पूर्वयुवराज पारस शाह अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन । बिहान ललितपुरको मंगलबजारस्थित पार्वती शिवमन्दिरमा पूजा गरेका शाह एक्कासी छातीमा समस्या भएपछि अस्पताल भर्ना भएका हुन । 

थापाथलीस्थित नर्भिकको आकस्मिक कक्षमा रहेका पारसलाई साँझ सीसीयू कक्षमा राखिएको छ । उनको उपचारमा डा. यादवदेव भट्टको टोली खटिएको छ । 

शाहलाई यसअघि थाइल्याण्डमा रहँदा गम्भीर प्रकृतिको हृदयाघात भएको थियो । पारस लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित छन ।  

विशेष