News राजनीति

नेकपा प्रवक्ता नै भन्छन्, ‘पार्टीमा अराजकता मौलायो’ 

नेकपा प्रवक्ता नै भन्छन्, ‘पार्टीमा अराजकता मौलायो’ 

दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको टिप्पणी गरेका छन् । तनहुँको दमौलीमा आइतबार कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताए ।

 

उनले पार्टी सङ्गठन नबन्दा कार्यकर्तामा निराशा आएको भन्दै पार्टी सचिवालयको बैठकले एकीकरणको सम्पूर्ण प्रक्रिया पूरा गर्ने बताए । कार्यदललाई एकीकरणको प्रक्रिया पूरा गर्ने जिम्मेवारी दिए पनि कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब सचिवालयले नै सबै काम टुङ्गो लगाउने बताए ।

 

चिकित्सा शिक्षा विधेयकमा डा केसीको पहिलेको मागहरु सबै सम्बोधन भइसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब अनशनको नाममा रडाको मच्चाइरहनुको कुनै औचित्य नभएको बताए ।

नारायणकाजी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी

विशेष