News खेल

पाँच वर्षदेखि फरार अभियुक्त प्रहरीको फन्दामा 

पाँच वर्षदेखि फरार अभियुक्त प्रहरीको फन्दामा 

तेह्रथुम । कर्तव्य ज्यान मुद्धामा पाँच वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्लाको आठराई गाउँपालिका–७, थोक्लुङका ५० वर्षीय उमानाथ बुढाथोकीको हत्यामा अदालतले दोषी ठहराएका मोरङ डाँगीहाटका २५ वर्षीय मिलन ओझा पक्राउ परेका हुन् । 

 

उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी तेह्रथुम ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए । ओझासहित केही व्यक्तिले २०७० कात्तिक १८ गते थोक्लुङका बुढाथोकीलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेका थिए । 

 

बुढाथोकीको उपचारकाक्रममा कात्तिक २३ गते ज्यान गएको थियो । बुढाथोकीका छोरा बीरबहादुर बुढाथोकीको किटानी जाहेरीका आधारमा प्रहरीले कात्तिक २४ गते उजुरी दर्ता गरेको थियो । ओझालाई तेह्रथुम जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको छ । उनलाई सोमबार जिल्ला अदालतमा बुझाउने तयारी रहेको प्रहरी प्रवक्ता गौतमले बताए ।

अभियुक्त पक्राउ

विशेष