ओटोमोबाइल व्यापार

आइ १०,आइ २० पछि आउने भयो आइ ३०

सात वटा त हुनेछन् एयर ब्याग नै

आइ १०,आइ २० पछि आउने भयो आइ ३०

काठमाडौं । नयाँ वर्षको शुरुवातसँगै अटो कम्पनीहरु आफ्ना नयाँ नयाँ उत्पादन बजारमा दिने होडमा देखिन्छन् । यस्तैमा विश्व बजारमा आफ्नौ छुट्टै स्थान बनाउन सफल हुण्डाई ब्राण्डले नयाँ वर्ष २०१९ लाई लक्षित गर्दै आफ्नो नयाँ उत्पादन आई–३० ल्याउने भएको छ ।

 

ह्याचव्याग सेग्मेन्टमा हुण्डाई आई–१० र आई–२० जस्ता मोडलहरु बजारमा दिइसकेको यो कम्पनीले अब निकटतम् समयमा नै हुण्डाई आई–३० जस्तो नविन र विकसित मोडल दिन लागेको हो । कम्पनीले यो वर्षको मेसम्ममा यो कार बजारमा लन्च गरिसक्ने बताएको छ । त्यसका लागि अहिले तिब्र तयारी भइरहेको  छ । 

 

हुण्डाई आई–३० आई–२० कैं परिमार्जित र विकसित मोडल हो । यसमा ३ ढोकासहित अहिलेसम्मकै अधिकतम ७ एयर ब्याग उपलब्ध गराइएको छ । यसको पावर पिकअप र पर्फमेन्समा समेत ह्याचव्यागमा अहिलेसम्मकै उच्चता प्रदान गरिएको कम्पनीले बताएको छ । यहि अनुपम विशेषताहरुकै कारण आई–३० यहि सेग्मेन्टका अन्य ब्राण्ड तथा मोडलहरु माझ अब्बल साबित हुने कम्पनीको दाबी छ । 

 

इलेक्ट्रोनिक स्थिरता नियन्त्रण र सवारी स्थिरता व्यवस्थापनसहितको विशेषतामा आउने आई–३० एक पूर्णतः पावर प्याकेजमा आउने भएको छ । ७ एयर ब्यागसहित आउने यो कार हिल एसिस्ट कन्ट्रोल अर्थात् पहाडी सहायता नियंत्रण सिष्टम र पर्यवेक्षक उपकरण क्लस्टर फिचर्सका साथमा हुनेछ । 

 


कम्पनीले यो मोडललाई अझ विशेष र आकर्षक बनाउन कारको बडी र डेकुरेसनलाई सोही किसिमले डिजाईन गरेको बुझिएको छ । कारको बाहिरी लुक्स सरल लाग्ने तर मनै लोभ्याउने ज्वालामुखी मूर्तिकलाको डिजाइन दिइएको बताइएको छ । यसका अलबा कारमा टीएफटी सुपरभिजन युमेन्ट क्लष्टरका साथै १७ इन्चको डुअल स्पोक एलो ह्वील प्रदान गरिएको छ । 

 


आकर्षक मोडलमा आउने यो कार ११ कलरमा उपलब्ध हुने जनाइएको छ । यसका अलबा कारको भित्री भागमा सबै भन्दा राम्रोबीचमा हुनेछ र कम्पनीले टेक्निकल पाटोमा टच स्क्रिन नेभिगेसन, जलवायु नियन्त्रणआदि जस्ता सुविधाहरू समेत समावेश गरेको छ । कम्पनीले कारलाई थप स्पोर्टिङ बनाउने काेसिस  गरेको छ ।

 

 

धेरै विशेषताहरुले आई–३० लाई विशेष बनाएता पनि  यद्यपि बजारमा प्रतिष्ठा कमाउन भने कठिन प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । हाल बजारमा यस्ता पावर पर्फमेन्स र फिचर्सहरु भएका धेरै ब्राण्ड तथा मोडलहरु रहेका छन् । तर हुण्डाईले आई–३० मा उच्च र शक्तिशाली इन्जिनको प्रयोग गरेको छ । जुन पावर पिकअप र पर्फमेन्समा विशिष्ट मानिने छ ।

 

 

आई–३० पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध हुने छ । जुन १.४ पेट्रोल इन्जिनमा आउने छ । जसले ११८ बीएचपीको पावरमा अधिकतम १५७ एनएमको टर्क उत्सर्जन गर्ने बताईको छ । त्यस्तै डिजेल इन्जिनमा १३४ बीएचपीमा अधिकतम १५७ कै टर्क प्राप्त गर्न सकिने छ । कार ६ गियर  बक्ससहित म्यानुअल ट्रांसमिसनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

 

कारको माईलेज पनि अधिकतम नै अपेक्षा गरिएको छ । अपेक्षित हुन्डई आई–३० को माइलजेल पेट्रोल इन्जिनमा १७ किलोमिटर र डीजेल इन्जिनमा अधिकतम २२ किलोमिटर हुने बताइएको छ । यो हिसाबले सेग्मेन्टमै अधिकतम इन्धन बचत गर्नेमा समेत आई–३० पर्ने देखिएको छ । 

 

आई–३० सार्वजनिक भएपछि विशेषतः आजको प्रतिस्पधी बजारमा यसको फक्सवागन पोलो जीटीआईसँग मुख्य प्रतिशपर्धा हुने आंकलन गरिएको छ ।

 

मेसम्ममा भारतीय बजारमा लन्च हुुने हुुण्डाई आई–३० नेपाली बजारमा समेत चाँडै आउने अपेक्षा गरिएको छ । यसको स्वागतका लागि नेपाली हुण्डाई प्रयोगकर्ताहरु आतुर रहेको बुझिएको छ । अहिले नै यसको बजार मूल्य नतोकिएता पनि भारतीय बजारमा आई–३० को ७ लाख देखि ११ लाख भारुसम्म पर्न सक्ने जनाइएको छ । 

प्रयास श्रेष्ठ

हुण्डाई आई–३०

विशेष