मोरङको विराटचाैकमा कर्फ्यु 

टिप्परले बालिकाको ज्यान लियो, आठ टिप्परमा आगजनी 

मोरङको विराटचाैकमा कर्फ्यु 

विराटनगर । मोरङको विराटचौक टिप्परको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएपछि उत्पन्न हिंसात्मक गतिविधि नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

 

स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
    

 

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा जारी गर्नु परेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनले विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

 

विराटचौकबाट विराटनगरतर्फ जाँदै गरेको ट्रिपरको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । घटनापछि विराटचौकबासीले आठवटा ट्रिपरमा आगजनी गरेका छन् ।
बालिकाको मृत्युपछि ठक्कर दिई भागेको टिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । त्यसपछि स्थानीयले सोही ठाँउमा गई उक्त टिपरमा आगो लगाएका हुन् ।

संम्बधित खबर

विशेष