News देश

यूएस बंग्ला जहाजः पाइलटले ककपिटमै धुमपान गरिरहेको बेला क्र्यास

विमानस्थलको ‘कन्ट्रोल टावर’ पनि दोषि साबित

यूएस बंग्ला जहाजः पाइलटले ककपिटमै धुमपान गरिरहेको बेला क्र्यास

काठमाडौं । गएको वर्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको ‘यूएस बंगला’ विमान दुर्घटनाबारे नयाँ तथ्य खुलासा भएको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार, विमान चालकले आफ्नो क्याबिनमा धुमपान गरेको पाइएको छ । पाइलटले धुमपान गर्नु नै विमान दुर्घटनाको मुख्य कारक बनेको पुष्टि भएको छ । अघिल्लो वर्षको मार्चमा यूएस बंग्ला एयरलाइन्सको विमान अवतरण गर्र्ने समयमा दुर्घटनाको शिकार भएको थियो । यस दुर्घटनामा परेर ५१ व्यत्तिले ज्यान गुमाए । 

 

यूएस बंग्ला एयरलाइन्सको नीति ‘नो स्मोकिङ’ रहेको थियो । तर नियम विपरित रहेर पाइलटले उडानको समय धुमपान गरेको भन्ने कुरा फ्लाइटको ककपिट भ्वाइस रेकर्डरबाट पत्ता लाग्यो । 

 

विमान दुर्घटनाको एकमात्रै कारण क्रुको गल्ती भएको र यदि लापरवाही नभएको भए यस्तो नहुने प्रमाणित भएको छ । यतिमात्र होइन, सार्वजनिक भएको रिपोर्टले विमानको क्रु मात्र नभएर त्रिभुवन विमानस्थलको कन्ट्रोल टावरलाई पनि दोषि ठहराएको छ । 

 

दुर्घटना पछि आएको पोष्टमार्टम रिपोर्ट अनुसार धेरै यात्रुको मृत्यु टाउकोमा लागेको गहिरो चोटको कारण भएको थियो भने केही यात्रु जलेर मरेका थिए । १२ मार्च, २०१८ मा भएको यस दुर्घटनामा परेर ५१ जनाले ज्यान गुमाएका थिए । 

 

विमान बंग्लादेशको ढाकाबाट उडेको थियो । त्रिभुवन विमानस्थल पुगेपछि विमान रनवेबाट बाहिर पुग्यो र फुटबल मैदानमा क््रयास भयो । बंग्लादेशको निजी एयरलाइन्स यूएस बंग्ला एयरलाइन्सको सुरुवात सन् २०१३ मा अमेरिका र बंग्लादेशको संयुक्त सहकार्यम सुरु भएको थियो । 

 

दुर्घटनामा परेर ज्यान गुमाउने ५१ व्यक्ति मध्येमा चारजना विमान ‘क्रु’ का सदस्य, ४५ यात्री सामिल थिए भने अन्य दुई व्यक्तिको अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएकोे थियो । 

यूएस बंग्ला जहाजः

विशेष