चार दर्जन मन्दिर बनाउने मुस्लिम सांसदको घोषणा

चार दर्जन मन्दिर बनाउने मुस्लिम सांसदको घोषणा

रौतहट । रौतहटका एक प्रदेश सांसदले चार दर्जनभन्दा बढी मन्दिर बनाउने घोषणा गरेका छन्। रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा अन्तर्गतका सम्पूर्ण विद्यालयमा आगामी ५ वर्षमा सरस्वती मन्दिर बनाउने घोषणा प्रदेश सांसद शेख अबुल कलाम आजादले गरेका छन्।

 

प्रदेश सांसद आजादले आफ्नो निर्वाचन क्षेत्रको दुईवटा माध्यमिक विद्यालयमा सरस्वती मन्दिर निर्माणको थालनी गरेका छन्। गढीमाई नगरपालिकाको समनपुरमा रहेको शंकर गुदर मावि र गरुडा नगरपालिकाको गरुडामा रहेको श्री माविमा सरस्वती मन्दिरको निर्माणको कार्य अगाडि बढाएका छन्। समनपुरमा रहेको माविमा सरस्वती मन्दिरको शिलान्यास भइसकेको छ भने मावि गरुडामा एक समारोहबीच मन्दिर निर्माणको लागि पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

 

आफ्नो क्षेत्रमा रहेका माध्यमिक विद्यालयलाई तत्काल केन्द्र विन्दूमा राखेर सरस्वती मन्दिर निर्माण थालिएको प्रदेश सांसद आजादले बताएका छन्। सरस्वती मन्दिर नभएका दुई माविमा मन्दिर निर्माणको काम अगाडि बढाइएको र हरेक वर्ष क्रमशः मन्दिर निर्माण गर्ने योजना रहेको उनले बताए। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

मन्दिर

संम्बधित खबर

विशेष