News अपराध सुरक्षा

विमास्थलमा सुनको जाँच गर्ने मेसिन अपरेटरविरुद्ध १४ करोड भ्रष्टाचारकाे मुद्दा

सुन तस्करीमा भ्रष्टाचार गरेको सम्पत्ति परिवारका नाममा

विमास्थलमा सुनको जाँच गर्ने मेसिन अपरेटरविरुद्ध १४ करोड भ्रष्टाचारकाे मुद्दा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । ३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनी रेडियो अपरेटर (सुनको जाँच गर्ने मेसिन चलाउने) हुन् ।

 

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० ९२० अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचारवापतको चल अचल सम्पत्ति जफत र १४ करोड ६१ लाख रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको छ । उनी सुन तस्करीको अभियोगमा २०७३ पुस २७ गते निलम्बनमा परेका थिए । श्रेष्ठले ३३ किलो सुनमा प्रतिवादी ठहरिएका गुप्तलाल भुसाल र हरिशरण खड्काले दुबईबाट पठाएको सुन स्क्रिनिङ गरेर विमानस्थलबाट बाहिर पठाउने गरेको अभियोग छ । त्यही अभियोगमा रेडियो अपरेटर शाखाका प्रमुख श्रीनारायण यादवलाई पक्राउ गरिएको थियो ।

 

श्रेष्ठले श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठसहित परिवारका अन्य सदस्यका नाममा अवैध सम्पत्ति लुकाएको दाबी गरिएको छ । उनको परिवारको नाममा काभ्रेपलान्चोकमा ३ सय रोपनीभन्दा बढी जग्गा छ । सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षको अवधिमा उनले गैरकानुनी धन आर्जन गरेको अख्तियारले दाबी गरेको छ । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

३३ किलो सुनकाण्ड

विशेष