News अर्थ बैंकिङ प्रदेश ६

एनआईसी एशियाले शुरु ग¥यो दार्चुलामा शाखारहित बैंकिङ्ग सेवा 

एनआईसी एशियाले शुरु ग¥यो दार्चुलामा शाखारहित बैंकिङ्ग सेवा 

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नविन बैंकिङ्ग सेवा अन्तरगतको शाखारहित बैंकिङ्गसेवालाई थप दार्चुलामा विस्तार गरेको छ ।

बैंकले यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दुर्गम जिल्ला दार्चुलाको महाकाली नगरपालिका वडा नं.७ धाप र सोही नगरपालिकाको वडा नं.९ दत्तुमा आफ्नो २१ औं र २२ औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । यी सेवा केन्द्रहरु पुस १७ र १८ गतेबाट संचालनमा आएका छन् ।

 

शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै गाउँमा त्यो पनि स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सकिने एनआईसीले बताएको छ । सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरु लामो दुरी हिड्नु नपर्ने र ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत वित्तीय सवलीकरण भई बैंकिङ्ग कारोबारको बिस्तार हुने बैंकले जनाएको छ । 

 


यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्ने जस्ता कार्यहरु गर्न सकिने बैंकले जानकारी गराएको छ ।

 


बैंकको महाकाली नगरपालिका, वडा नं.७ धापमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्नाले गरेका थिए भने, उक्त सेवाको प्रतिनिधिको रुपमा शेर सिंह रैखोलालाई नियुक्त गरेको छ ।
यसैगरि बैंकको सोही नगरपालिका वडा नं.९ दत्तुमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन वडा नं.९ का वडा अध्यक्ष हर सिंह डाँगाले गरेका थिए भने , सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा कृष्ण सिंह चौैसिरलाई बैंकले नियुक्त गरेको छ ।

 


हाल नेपालभर एनआईसी एसिया बैंकका २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग ईकाईहरु रहेका छन् भने, बैंकको करिब १४ लाख सेवाग्राहीहरु रहेका छन् । 

 

सक्षम यु. के.एडद्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफ आई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु सँगको साझेदारीमा नेपालमा  वित्तीय पंहुच तथा सवलकिरणको लागि कार्य गर्दै आईरहेको छ । 


 

एनआईसी एशिया बैंक

विशेष