News

हिन्दु देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी

हिन्दु देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी

काठमाडौं । सशस्त्र प्रहरी बलले हिन्दु देवीदेवताका नाममा रहेका बाहिनी र गण गुल्मको नाम परिवर्तन गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी विस्तृत कार्ययोजना लागू भएपछि विभिन्न देवीदेवताका नाममा रहेका कार्यालयको नाम हटाई अंककै आधारमा राखिनेछ । 

 

हाल सशस्त्र प्रहरीमा ६९ वटा गण÷गुल्म छन्, जसमध्ये २८ वटा देवताका नाममा छन् भने बाँकीको नामाकरण स्थान र संख्याका आधारमा गरिएको छ । गृह मन्त्रालयले संघीय संरचनाअनुसार सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्दा अंकका आधारमा नाम परिवर्तन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

सशस्त्र प्रहरी बल हिन्दु देवीदेवता

विशेष