भेनेजुएलाका १६ रोचक तथ्य : मिस वर्ल्ड र मिस युनिभर्स नै ११ जना, हरेक २१ मिनेटमा हत्या
काराकास । भेनेजुएलामा राजनीतिक संकट उत्पन्न भएसँगै यसमाथि विश्वको नजर पुगेको छ । थुप्रै देश भेनेजुएलाको राजनीतिलाई लिएर मादुरोको पक्ष र विपक्षमै उत्रिएका छन् ।
तेलखानीकै रुपमा चिनिने यस उत्तर अमेरिकी मुलुकमा अहिले अमेरिकाले हस्तक्षेप गरेपछि यसबारे विश्वको थप चासो बढेको हो । तर यसअघि खासै चर्चामा नआउने भेनेजुएलाबारे केही रोचक र रहस्यमय तथ्य छन् :
–भेनेजुएला देशको नाम नै इटाली भाषाबाट बनेको हो ।
–उत्तर अमेरिकी क्षेत्रमा पर्ने यो देशको कार्यालयमा प्रयोग गरिने भाषा स्पेनिस हो ।
–यहाँको मुख्य निर्यातका उत्पादन स्टील, पेट्रोल, आल्मुनियम, सिमेन्ट र कृषि उत्पादन हुन् ।
–संसारकै सबैभन्दा ठूलो नेश्नल पार्कमध्ये एउटा पार्क यहीँ छ । जसको नाम, कानैमा नेश्नल पार्क हो र पार्कमा ९७९ मिटर अग्लो संसारकै अग्लो छाँगा पनि छ ।
–समाजवादी भनी भिनिने भेनेजुएला त्यस्तो देश हो, जहाँ ६ जना मिस युनिभर्स र ५ जना मिस वर्ल्ड छन् ।
–बेसबल यहाँको लोकप्रिय खेल हो ।
–क्रिस्टोफर कोलम्बसले यो देश पत्ता लगाएका थिए ।
–जोरोपो यहाँको राष्ट्रिय नाच हो ।
–इलेक्ट्रोनिक्स, केमिकल र खाद्य उत्पादन यहाँको प्रमुख आयातका सामग्री हुन् ।
–यहाँका ९६ प्रतिशत जनसंख्या रोमन क्याथोलिक हुन् ।
–भेनेजुएलामा २३ राज्य छन् ।
–सन् २००९ देखि यहाँ कोकाकोला प्रतिबन्धित छ ।
–२०१५ सम्मको तथ्यांक अनुसार विश्वकै सर्वाधिक खतरनाक मुलुकमा पर्छ यो । जहाँ हरेक २१ मिनेटमा एकजनाको हत्या हुन्छ ।
–अपराधीलाई मृत्युदण्डको सजाय कानुनबाट हटाउने यही पहिलो आधुनिक राज्य हो ।
–संसारकै सबैभन्दा सस्तो ग्यास भेनेजुएलामा पाइन्छ ।
–हरेक वर्ष ८८ प्रतिशत अस्पताल औषधि अभाव झेलिरहेका हुन्छन् । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।
भेनेजुएला