News

७९३ कर्मचारीमाथि कारबाही सिफारिस

७७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाइनन्

७९३ कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ। 

 

केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए। उनका अनुसार सम्बन्धित कार्यालयका प्रमुखलाई समय पालना नगर्ने र तोकिएको समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको हो। 

 

यसैगरी स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाउदा प्रतिवेदन तयार गर्न केन्द्रले ढिलाइ गरेको छ। निजामती, सुरक्षाकर्मीसहित अन्यको सम्पत्ति विवरण केन्द्रलाई प्राप्त भए पनि स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण अझै बुझाएका छैनन्। प्रवक्ता लामिछानेका अनुसार अहिलेसम्म ७७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन्। उनले अहिलेसम्म ८८ हजार ८९२ जना जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएको बताए।

कर्मचारी

विशेष