विदेश

अमेरिकामा अन्टार्टिका भन्दा चिसो, सातको मृत्यु

अमेरिकामा अन्टार्टिका भन्दा चिसो, सातको मृत्यु

अमेरिका पध्यपश्चिमी क्षेत्रमा अत्याधिक चोस बढेपछि यहाँका तीन वटा राज्यले आपत्कालको घोषणा गरेका छन्। ध्रुवीय क्षेत्रका आएको चिसोका असरका कारण अमेरिकाका केही सहरहरूको तापक्रम अत्याधिक घटेको छ।

 

अत्याधिक चिसोका कारण अमेरिकाका चार राज्यको जनजीवन पूर्णरूपमा ठप्प भएको छ। अत्याधिक चिसो बढेपछि यहाँ चारैतिर हिमपात र बरफ जम्न थालेको छ। जसका कारण जनजीवन अस्तव्यस्त बनेको छ भने कम्तिमा पनि सात जनाले ज्यान गुमाएको समाचार आएका छन्।

 

सिकागो नगरमा रातिको तापक्रम माइनस ४० डिग्रीमा सेल्सियसमा झरेको छ। अधिकारीहरूले चिसोबाट बच्न स्थानीयलाई सचेत गराउनुका साथै अतिआवश्यक कामबाहेक अन्य कामका लागि घर बाहिर नजान आग्रह गरिएको छ । सिकागो नगर रहेको इलिनोइ राज्य र त्यसको छेउकै मिसिगन र विस्कन्सि राज्यमा आपत्कालको घोषणा गरिएको हो ।

 

मौसमविद्हरूका अनुसार ध्रुवीय क्षेत्रकबाट दक्षिणतिर आएको वरफयुक्त वायुको प्रभावका कारण अत्यधिक चिसो भएको छ । उनीहरूले त्यो असरलाई पोलार भोर्टेक्स भनिरहेका छन् । त्यसको प्रभावका कारण अमेरिकाका केही भागमा पुस्ताले एकपटक मात्रै भोग्ने प्रकृतिको घातक चिसोको असर सुरु भएको हो ।

 

प्रभावित राज्यहरूका विद्यालय तथा कार्यालयहरु पनि बन्द भएका छन्। हवाई सेवा पनि अवरुद्ध भएको छ । सिकागो नगरमा अन्टार्टिका महादेशमा भन्दा पनि चिसो भएको छ । उत्तरी डाकोडामा माइनस ३७ डिग्री सेल्सियस चिसो रहेको बिबिसीले जनाएको छ । २५ करोड अमेरिकीले चिसो सहर बसेका छन् भने ९ करोडले माइनस १७ डिग्री सेल्सियसको चिसो सहेर बस्न बाध्य भएका छन् ।

 

सिकागोका मेयरले नगरबासीहरुलाई बाहिर नजान भनिरहेका छन्। त्यस्तै प्रहरी अधिकारीहरूका अनुसार यहाँका व्यक्तिहरूले बन्दुक देखाएर कतिपय मानिसहरूका महँगा ज्याकेटहरू लुटिरहेका छन् । सिकागो वरपरका तालहरूमा हिउँ जमेको छ भने न्युयोर्क र क्यानडाको सीमामा पर्ने नायग्रा पल्स पनि जमेको छ । ग्रेट लेक्स भनिने क्षेत्रमा अझै चिसो बढ्ने चेतावनी दिएका छन् ।

 

स्थानीषहरूलाई बाहिर निस्किदा अत्याधिक चिसोले शरीरको तापक्रम घटेर हुने अवस्था हाइपोथर्मिया हुनसक्ने भन्ने सचेत रहन आग्रह गरिएको छ । विज्ञहरूले केही बेर बाहिर बसे हिँले खाने सम्भावना रहने बताएका छन् ।

अमेरिका चिसो

विशेष