News

कांग्रेस सभापति देउवा डा. केसीको मागलाई ऐक्यबद्धता जनाउन टिचिङ जाँदै

कांग्रेस सभापति देउवा डा. केसीको मागलाई ऐक्यबद्धता जनाउन टिचिङ जाँदै

काठमाडौं । अनशनरत डा गोविन्द केसीको मागलाई ऐक्यबद्ता जनाउन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा शिक्षण अस्पताल पुग्ने भएका छन् । विगत २३ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीका मागलाई समर्थन गर्दै बिहीबार ११ बजे सभापति देउवा डा. केसीको अनशनस्थलमा पुग्न लागेका हुन् ।

 

१५ औँ चोटीको अनशनका बेला सरकारले आफूसँग गरेका सहमतिबमोजिम चिकित्सा शिक्षा विधेयक पारित नगरेको भन्दै १६औँ पटकको अनशनरत छन् । उनले आफूसँग भएका पूर्वसहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित गरित गर्नु पर्ने अडान राख्दै आएका छन् ।

 

यता सरकारी पक्ष भने डा केसीसँग भएका सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याएको जिकिर गर्दै आएको छ । सत्ताधारी दलका कतिपय नेताले उनका ९५ प्रतिशत माग पूरा भएका र अब अनशनको औचित्य नरहेको बताउँदै आएका छन् । हाल सो विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । यद्यपि डा. केसीले भने आफ्नो अनशन जारी राख्दै आएका छन् ।

 

लामो समयको अनशनका कारण उनको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको उनको उपचारमा संलग्न डाक्टरहरूले बताउँदै आएका छन् । त्यस्तै, बुधबार पूर्वप्रधानन्यायाधीस शुशिला कार्कीले डा. केसीलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकी थिइन् । डा. केसीको स्वास्थ्य र उनले उठाएका विषयमा सरकार गम्भीर हुन  उनले आग्रहसमेत गरिन् ।

 

त्यसैगरी अर्का पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि मंगलबार डा केसीलाई भेट गरेका थियो । उनले पनि डा. केसीको जीवन रक्षाका लाग उनका मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेका थिए । यसैबीच विभिन्न पेशागत संघसंस्थाले डा केसीको माग सम्बोधन गरी जीवन रक्षा गर्न सरकारसित आग्रह गरेका छन् । उनको समर्थनमा आवासीय चिकित्सहरूले पनि प्रदर्शन गर्दै आएका छन् ।

प्रा. डा. गोविन्द केसी शेर बहादुर देउवा

विशेष