चिकित्सा शिक्षा विधेयक राष्ट्रिसभाबाट पनि पारित

काठमाडौं । राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको विरोधका बीचमा उक्त विधेयक पारित भएको हो ।
प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको छ । अब राष्ट्रिपतिले प्रमाणित गरेपछि उक्त विधेयक लागू हुन्छ ।
विधेयक पास हुने दिन बिहीबार राष्ट्रियसभाको बैठकभर प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले भने विरोध जनाइरहेका थिए ।