News

प्रहरीका राम्रा काम छायाँमा परेः डिआइजी थापा

प्रहरीका राम्रा काम छायाँमा परेः डिआइजी थापा

भक्तपुर । प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन प्रहरी कुनै हालतमा चुक्न नहुने बताएका छन् । सूर्यविनायक नगरपालिका– ३ बालकोटस्थित महानगरीय प्रहरी प्रभागको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले भने, ‘नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन प्रहरी कुनै हालतमा चुक्न हुँदैन । साथै, प्रहरीले गरेका राम्रा र उपलब्धिमूलक काम छायाँमा परेका छन् । राम्रा काममा समर्थन र सुधार गर्नुपर्ने ठाउँमा नागरिकले सुझाव दिन आवश्यक छ ।’ 

 

 
“निर्मला हत्या प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउन हरेक प्रयास गरिरहेको छ”, उनले भने, “निर्मला प्रकरणमा मिडियाले धेरै उचाल्यो, प्रहरीको छवि बिग्रनेगरी समाचार आइरहे तर प्रहरीले गरेको राम्रो कामलाई सञ्चार माध्यमले बाहिर ल्याएनन्, त्यसैले प्रहरीको छवि उच्च राख्ने गरी काम गर्नुस् ।” 

 

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रहरीबाट आम नागरिकले शान्ति र सुरक्षाको प्रत्याभूति चाहने बताउँदै प्रहरीले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । 
 

डिआइजी शैलेश थापा क्षेत्री

विशेष