कर्णाली प्रदेशको कृषि तथा पशु बीमाका लागि ७० लाख विनियोजन
काठमाडौं । समग्र कर्णाली प्रदेशको कृषि तथा पशु बीमाका लागि भन्दै प्रदेश सरकारले ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेशको कृषि तथा पशुपन्छीको उत्पादनमा वृद्धि ल्याउन आम जनताको सहभागिताका लागि यस्तो पोत्सानका कार्यक्रम अघि सारिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले बताएका छन् ।
उनले सो कार्यक्रममार्फत कर्णालीमा काम गर्ने कर्मचारीहरुलाई समेत प्रोत्साहन गरिने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोलिने केसीले बताए । यसका साथै दैलेख र सुर्खेतमा पशु स्वास्थ्य प्राविधिक सेवा केन्द्र समेत खोलिने उनले जानकारी दिएका छन् ।
पशु बीमा र बाली बीमा प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका केसीले कर्णालीमा राम्रो काम गर्ने कर्मचारी, सहकारी, कृषक लगायतलाई सम्बन्धित पेसा प्रति प्रोत्साहन गर्न प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
कार्यक्रममा कर्णालीका जिल्लामा बिरामी पशुहरुका लागि एम्बुलेन्स सेवाको व्यवस्था गर्नुपर्ने पशु प्राविधिकहरुले माग गरेका छन् ।
कार्यक्रममा सहभागी कर्मचारीले कार्यक्षेत्रमा पशुसेवाका काम प्रभावकारी बनाउनका लागि कम्तीमा बिरामी पशुका लागि उपचारमा सहजता ल्याउन एम्बुलेन्सको व्यवस्था र रोग निदान गर्न भिडियो एक्स–रेको व्यवस्था गरेमा सहजरुपमा सेवा प्रवाह गर्न सकिने चौकुने गाउँपालिका सुर्खेतका पशु सेवा शाखा प्रमुख भोजराज चपाईको भनाई छ ।
कार्यक्रममा सहभागी कर्मचारीले मन्त्री केसीसँग पशुसेवामा बजेटको कमी तथा अभाव भएको र समयमा बजेट निकासा नहुँदा सेवा प्रवाहमा समस्या भएकाले मन्त्रालयले बजेटको व्यवस्था गरी दिनुपर्ने माग गरेका थिए ।