News अर्थ शेयर बैंकिङ

माछापुच्छ्रे बैंकले दिने भयो १० प्रतिशत लाभांश, संचालक समितिको अध्यक्षमा डा.बिरेन्दप्रसाद महतो

माछापुच्छ्रे बैंकले दिने भयो १० प्रतिशत लाभांश, संचालक समितिको अध्यक्षमा डा.बिरेन्दप्रसाद महतो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने भएको छ । 

बैकको २०औं वार्षिक साधारणमा बसेको संचालक समितिको सभाले शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने गरि प्रस्ताव पारित गरेको हो । 

 

आज बसेको बैंको २०औं साधारण सभाले माछापुच्छ्रेको नयाँ कार्यसमितको अध्यक्षमा डा. बिरेन्द्र महतोलाई सर्वसमत नियुक्त गरेको छ । 
त्यस्तै अन्य सदस्यहरुमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट रोशन के.सी र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्यमा निर्बिरोध चयन गरेको छ । 
योसँगै सभाले बैंकको आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने समेत  निर्णय गरेको छ । 


बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ ।


बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमास सम्ममा रु ३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ भने, २०७५ असोज मसान्त सम्ममा रु ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी रु ७१ अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ ।

हालव बैकले ८८ वटा शाखा, १०८ एटीएम, २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४२ स्थानवाट ग्राहकहरुमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।  

माछापुच्छ्रे बैंक

विशेष