News

सरकारले ११ दिन सार्वजनिक विदा थप्ने

सरकारले ११ दिन सार्वजनिक विदा थप्ने

काठमाडौं : सरकारले पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७५ सालका लागि थप ११ दिन सार्वजनिक विदा थप्ने भएको छ । विभिनन जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रूपमा लिँदै तीन दिनमा सार्वजनिक विदा दिने तयारी सरकारले गरेको हो ।

 

आदिवासी जनजातिलगायत विभिन्न संघसंस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक विदा नदिइएको भन्दै ध्यानाकर्षण गरेपछि गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरवलोकन गर्न बनेको तीन सदस्यीय कार्यदलले विदा थप्ने प्रस्ताव गरेको हो । गृहमन्त्री रामबहादुर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई रहेको विदा पुनरवलोकन समितिले विभिन्न आठ पर्वका लागि ११ दिन सार्वजनिक विदा प्रस्ताव गरेको हो । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

सार्वजनिक विदा

विशेष