युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्छः राष्ट्रपति भण्डारी
विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताएकी छन् । पूर्वाञ्चल विश्वविद्यालयको २५औं वार्षिकोत्सव एवं रजत महोत्सवको बिहीबार समुद्घाटन गर्दै उनले मुलुकलाई अहिले चाहिने दक्ष जनशक्तिअनुसारको शिक्षा दिन विश्वविद्यालयले पाठ्यक्रममा सुधार गर्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले ज्ञान र विज्ञानको केन्द्र रहेको विश्वविद्यालयलाई यहाँको उद्योग, कृषि र पर्यटन क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आफ्ना मापदण्ड, योजना र नीति बनाउन सुझाव दिँदै सम्भाव्यता उपयोग गर्न विश्वविद्यालयले शिक्षामा परिमार्जन गर्नुपर्ने बताए ।
उनले अहिलेको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्नसके देश र जनताका कल्याण हुने भन्दै पूर्वाञ्चल विश्वविद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिइन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वाञ्चल विश्वविद्यालयसँग पर्याप्त पूर्वाधर भएको धनी संस्था हो भन्दै नेपाललाई चाहिने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको प्रयत्न निरन्तर अघि बढ्नुपर्ने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारी