News

लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने

लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने

काठमाडौं । सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । लोक सेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । उनले भने, ‘समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको छैन ।’

 

आयोगको वार्षिक पात्रोअनुसार पुस महिनामा नायव सुब्बा पदको पदपूर्तिका लागि महिनाको अन्तिम बुधबार विज्ञापन निकाल्ने तयारी भइसकेको उनले जानकारी दिए । समायोजन प्रक्रियामा सरकारले ढिलासुस्ती गरेपछि समायोजनमा जान नपर्ने अधिकृत तहका कर्मचारीको पदपूर्ति असोजमा हुनुपर्ने भए पनि मंसिरमा मात्र लिइएको थियो । 

 

आयोगको वार्षिक पात्रोअनुसार नासु तहका अप्राविधिक धारका कर्मचारीको पदपूर्ति पुसमा हुने उल्लेख छ भने मागमा प्राविधिक धारका कर्मचारीको पदपूर्ति हुने उल्लेख छ । 

लोकसेवा आयोग

विशेष