विदेश

जर्मन राजनीतिमा तरंग : चान्सलर मर्केलसहित सयौँ राजनीतिज्ञको गोप्य विवरण ह्याक

जर्मन राजनीतिमा तरंग : चान्सलर मर्केलसहित सयौँ राजनीतिज्ञको गोप्य विवरण ह्याक

जर्मन चान्सलर एन्गेला मर्केलसहित जर्मनीका सयौँ राजनीतिज्ञहरुलाई प्रभावित पार्नेगरी व्यापक विवरणहरु सार्वजनिक भएका छन् । ती विवरणहरु गोप्य तरिकाले प्राप्त गरेर अनलाईन मार्फत् चुहावट भएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

 

'जर्मनीका सयौँ राजनीतिज्ञ तथा सार्वजनिक व्यक्तिहरुको व्यक्तिगत विवरण र दस्तावेजहरु अनलाईनबाट सार्वजनिक भएको छ,' सरकारका प्रवक्ता मार्टिन फिट्जले भइन् । यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनले संवाददाताहरूलाई जानकारी दिइन । संसदको तल्लो सदन, युरोपेली संसद, क्षेत्रीय तथा स्थानीय सभाका सदस्यहरुको पनि व्यक्तिगत विवरणहरू सार्वजनिक गरिएको उनले बताइन । 

 

उच्चअधिकारसहित पत्रकार, टिभी स्टारहरूको पनि विवरणहरू ह्याकरले चुहावट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । ठूलो मात्रामा डाटाहरू चोरी गरिएको सम्भवतः यो पहिलो घटना भएको बताइएको छ । प्रहरी अघिकारीहरूले उक्त घटनाको छानबिन सुरु गरेको जनाए छ। यद्यपि यति ठूलो मात्रामा राजनीतिज्ञ तथा उच्चअधिकारी, टिभी स्टार तथा पत्रकारहरू विवरणहरू ह्याक कसले र के उद्देश्यका लागि गर्‍यो भन्ने पत्ता नलागेको जनाइएको छ ।

 

तर संसदले गरेको अनुसन्धानले भने संवेदनशील सूचना र विवरणहरु भने नरहेको निश्कर्ष निकालेको प्रवक्ता फिट्जले बताइन् । सार्वजनिक गरिएका विवरणहरुमा व्यक्तिगत ठेगाना, मोवाईल नम्बर, चिठीहरु, बिलहरु, परिचयात्मक दस्तावेज रहेका छन् । ती विवरणहरु अनलानसँगै ट्वीटरमा समेत सार्वजनिक गरिएको छ । यी विवरणहरु द डेली बिल्ड र सार्वजनिक प्रसारक संस्था आरबीबीले सवै भन्दा पहिला सार्वजनिक गरेका हुन् ।

विशेष