News

आठ महिनामा धर्म परिवर्तन गराउनेसहित ७७ विदेशी देश निकाला

आठ महिनामा धर्म परिवर्तन गराउनेसहित ७७ विदेशी देश निकाला

काठमाडौं : सरकारले वैशाखयता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ । लागुऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन् । 

 

गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसाविना नै नेपाल बसेका ३४ विदेशीलाई निकालिएको छ । उनीहरूलाई कम्तीमा एकदेखि तीन वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको छ । त्यस्तै, १३ विदेशी बैंकिङ कसुर गरेको अभियोगमा निकालिएका छन् । उनीहरू कम्तीमा तीन वर्षसम्म नेपाल बस्न पाउनेछैनन् । 

 

जाली भिसा प्रयोग गरेर बस्दै आएका १० जनालाई पाँच वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाउँदै निकाला गरिएको छ । यस्तै, लागुऔषध तथा बालयौन दुराचारमा संलग्न पाँच विदेशीलाई १० वर्षसम्म नेपाल छिर्न नपाउने गरी कारबाही गरिएको छ । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

विदेशी देश निकाला

विशेष