विदेश

ट्रम्पको धम्की : मेक्सिकोमा पर्खाल लगाउने बजेट नदिए संकटकाल

ट्रम्पको धम्की : मेक्सिकोमा पर्खाल लगाउने बजेट नदिए संकटकाल

विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौंसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिएका छन् । वरिष्ठ डेमोक्र्याट नेताहरूसँग भएको वार्तापछि उनले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय संकट स्थितिको घोषणा गर्न समेत सकिने बताएका हुन् । 

 

मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने रकम कंग्रेसले उपलब्ध नगराएको खण्डमा आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले बताएका छन् । मेक्सिकोमा पर्खाल बनाउने बजेट कंग्रेसले उपलब्ध नगराएको भन्दै उत्पन्न विवादका बीच सरकारी खर्च बन्द भएको तेस्रो साता हुन लागेको छ । 

 

गत डिसेम्बर २२ देखि ८ लाख सङ्घीय कर्मचारीले तलब पाएका छैनन् भने संघीय कार्यालयका कामकार्बाही पनि ठप्प भएका छन् । यस विषयमा संसदले अटेर गरिरहेमा आफूले राष्ट्रिय संकटको स्थितिको घोषणा गरेर एक्लै अघि बढ्ने भनी राष्ट्रपति ट्रम्प चेतावनी दिँदै आएका छन् । 

डोनाल्ड ट्रम्प

विशेष