भिआइपीका लागि चारवटा महँगा हेलिकोप्टर, डेढ अर्बको अगस्टा वेस्टल्यान्ड नेपाल भित्रिइसक्यो
काठमाडौं । नेपाली सेनाले भिभिआइपी(विशिष्ट)का लागि चारवटा मंहगा हेलिकोप्टर खरिद गर्ने भएको छ ।सेनाले अघि बढाएको दीर्घकालीन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ ।
तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको छ । डेढ अर्बभन्दा बढी मूल्यको उक्त हेलिकोप्टर कम्पनीले सेनालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । बाँकी तीनमा एउटा अगस्टा र दुईवटा बेल रहेको सेनाले जनाएको छ । विशिष्ट सेवाका लागि प्रयोग हुने चारवटै हेलिकोप्टर एयर बेस अन्तर्गत विशिष्ट उडान सेवाका लागि काठमाडौंमा रहने सेनाले जनाएको छ । ती हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्टहरुका लागि एवं नेपालका राष्ट्रपति, प्रधानमन्त्री र विशिष्टहरुको उडानमा प्रयोग हुनेछन् । यो खबर आजको नागरिक दैनिबाट लिइएको हो ।
हेलिकोप्टर