News

भारतीय लोकसभाकी सभामुख सुमीत्रा महाजनसँग अध्यक्ष ढकालको भेट

भारतीय लोकसभाकी सभामुख सुमीत्रा महाजनसँग अध्यक्ष ढकालको भेट

नयाँ दिल्ली । दुईदिने भारत भ्रमणमा रहेका आइएपिपी एशिया प्रशान्त क्षेत्रका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले भारतीय लोकसभाकी सभामुख सुमीत्रा महाजनसँग भेट गरेका छन् । संसद भवनस्थित सभामुखको कार्यकक्षमा भयको भेटमा भर्खरै नेपालमा सम्पन्न एशिया प्यासिफिक समिटबारे कुराकानी भएको ढकालका स्वकीय सचिव जीतेन्द्र श्रेष्ठले बताए ।

 

भेटमा परिवार दलका अध्यक्षसमेत रहेका ढकालले एशिया प्यासिफिक समिटको बारेमा संक्षिप्त जानकारी दिँदै उक्त सम्मेलनद्वारा जारी काठमाडौं घोषणापत्र सभामुख सुमीत्रा महाजनलाई प्रस्तुत गरे । सभामुख सुमीत्रा महाजनले खुशी र प्रसंशाका साथ काठमाडौं घोषणापत्र ग्रहण गर्दै समिट आयोजकलाई धन्यवाद तथा शुभकामना दिइन्। भेटमा लोकसभाका सांसद डा. ठोक्चोम मेनिया तथा राज्यसभाका सांसद भुवनेश्वर कलिता, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतको उपस्थिति रहेको थियो।

 

यहि मङ्सिर १५ देखि १८ सम्म काठमाडौँमा सम्पन्न एशिया प्यासिफिक शिखर सम्मेलनमा भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौड़ासमेत ३४० जना भारतीय प्रतिनिधिले सहभागिता जनाएका थिए। 'वर्तमान विश्वका चुनैतिहरुको सामना : अन्तरनिर्भरता, पारस्पारिक संमृद्धि र विश्वब्यापक मूल्यमान्यता' विषयक शिखर सम्मेलनको उद्घाटन नेपालका प्रधानमन्त्र केपी शर्मा ओलीले गरेका थिए भने नेपालसहितका ७ मित्र राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुख र ४५ राष्ट्रका १५०० विशिष्ट प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

एकनाथ ढकाल पूर्वमन्त्री

विशेष